School Logo

भौतिक संरचनाको अवस्था

विद्यालयमा रहेको भौतिक संरचनाको अवस्था
क) कक्षाकोठाहरु :  संघीय सरकारको सहयोगमा निर्मित ३६ कोठा भएको  भवन निर्माण कार्य सम्पन्न भएको छ । हाल यसै नयाँ  भवनमा पठनपाठन कार्य सुरु गरिएको छ । 
ख) खानेपानी : यस विद्यालयमा शिवनगर खानेपानी आयोजनाद्वारा वितरण गरिएको खानेपानी धारा रहेको छ तर विद्यार्थी  संख्या वढी भएकोले शुद्ध पिउने पानीको लागि तातो र चिसो पानीको व्यवस्था भएको फिल्टर जडान गर्नुपर्ने देखिन्छ । 
ग) शौचालय :  नव निर्मित भवनमा छात्र–छात्राहरुको लागि प्र्रत्येक लता (फ्लोर) मा छुट्टा छुट्टै शौचालय रहेको छ । 
घ) प्रधानाध्यापक, शिक्षक तथा प्रशासनिक कार्यकक्ष : यस विद्यालयको नवनिर्मित भवनमा प्रधानाध्यापक, शिक्षक तथा प्रशासनिक कार्य कक्ष छुट्टा छुट्टै रहेको छ ।
ङ) खेलमैदान : विद्यालयको भवनसँगै आफ्नै प्रयाप्त खेल मैदान रहेको छ । जसमा व्यवस्थित भलिवल कोर्ट पनि रहेकोछ      तर  मैदान होचो भएकोले माटो भरान गर्नुपर्ने देखिन्छ ।
च) पुस्तकालय : यस विद्यालयमा छुट्टै पुस्ताकालय रहेको छ, जसमा भएका दराजहरुमा विभिन्न सन्दर्भ पुस्तक राखिएका      छन, विद्यार्थीहरुले खाली समयमा बसेर अध्ययन गर्ने व्यवस्था पनि पुस्तकालयमा रहेको छ । विद्यार्थी संख्या                              वढी भएकोले अझै व्यवस्थित गर्नुपर्ने देखिन्छ ।
छ) खाजाघर वा भान्सा कोठा :  विद्यालयमा सानो भान्सा कोठा रहेको छ तर विद्यार्थी संख्याको अनुपात प्रयाप्त छैन ।          अत्याधुनिक ठूलो आकारको व्यवस्थित खाजा घरको आवश्यकता देखिन्छ । 
ज) मनोरञ्जन कक्ष (संगीत तथा नृत्य कक्ष) : विद्यालयमा छुट्टै मनोरञ्जन कक्ष छैन तर आवश्यकता परेको वेला मनोरञ्जनका   साधनहरु लगी एउटा कोठा प्रयोग गरेर काम सम्पन्न गर्ने गरिएको छ । छुट्टै व्यवस्थित मनोरञ्जन कक्षको                                  आवश्यकता देखिन्छ ।
झ) पर्खाल वा घेरवार :  नव निर्मित भवनमा पर्खाल वा घेरवार गरिएको छैन, जसले गर्दा जता सुकैवाट पनि अनाधिकृत          रूपमा विभिन्न व्यक्तिहरू तथा जनावरहरूको प्रवेशले विद्यालयमा सुरक्षा व्यवस्था चुनौतिपूर्ण छ । तत्काल स्रोत                        जुटाई चारैतिर घेरवार÷पर्खाल लगाउनु अनिवार्य देखिन्छ ।
ञ) पालेघर : नवनिर्मित भवनमा पालेघर रहेको छैन, विद्यार्थीको सुरक्षा तथा अनाधिकृत प्रवेश रोक्न तत्काल पाले घर निर्माण  गर्नु पर्ने देखिन्छ।
ट) प्राथमिक उपचार कक्ष :  विद्यालयमा कोठा अभावको कारणले छुट्टै प्राथमिक उपचार कक्ष छैन । प्राथमिक उपचार        वक्स  एउटा दराजमा राखी आवश्यकता अनुसार उपचार सेवा दिइदै आएको छ । छुट्टै प्राथमिक उपचार कक्षको                      व्यवस्थापन गर्नुपर्ने देखिन्छ । 
ठ) बैठक तथा सम्मेलन कक्ष : नवनिर्मित भवनमा बैठक तथा सभा हल रहेको छ तर त्यसमा फर्निचरको अभाव देखिन्छ,      स्मार्टबोर्ड युक्त फर्निचर सहितको सभा हल व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको छ ।
ड) पोशाक तथा स्यानेटरी प्याड परिवर्तन कक्ष  : विद्यालयमा पोशाक तथा स्यानेटरी प्याड परिवर्तन कक्ष छैन । तत्काल      यसको व्यवस्था गर्नुपर्ने अवस्थाछ । 
ढ) स्टोर : कोठा अभावले फरक–फरक प्रकृतिको वस्तुहरूको फरक स्टोर (भण्डारण) बनाउन सकिएको छैन । सबै            प्रकारका वस्तुहरू एउटै कोठामा भण्डारण गर्ने गरिएको छ । सम्भव भए सम्म स्टोर कोठाको संख्या वढाउनुपर्ने                      देखिन्छ ।
ण) प्रयोगशाला : नवनिर्मित भवनमा रसायन शास्त्र ९ऋजझष्कतचथ० र जीवविज्ञान ९द्यष्ययिनथ० प्रयोगशाला एउटै कोठामा  बनाइएकोछ भने भौतिक विज्ञान ९एजथकष्अक० प्रयोगशाला छुट्टै कोठामा छ । संयुक्त रुपमा एउटै कोठमा                          रहेका  प्रयोगशालाहरु छुट्टै बनाई गणित प्रयोगशाला को लागि पनि छुट्टै कोठा आवश्यक रहेको छ ।                                        प्रयोगशालामा  ल्याव ब्वाय नभएको ल्याव व्यवस्थापन तथा सामान राख्न समस्या छ ।  तसर्थ प्रत्येक प्रयोगशालामा                      एक–एक जना ल्याब ब्वाय राखिनु पर्ने देखिन्छ ।
त)  कम्प्यूटर कक्ष : नवनिर्मित भवनमा एउटा कम्प्यूटर कक्ष रहेको छ । कम्प्यूटर शिक्षण तथा कम्प्यूटर कक्ष व्यवस्थापन लागी   जनभक्तिको कमि रहेको छ ।
थ) सरसफाई : विद्यालयमा सरसफाई समिति गठन गरी विद्यार्थीहरुको सहभागीमा विद्यालय वरीपरी सरसफाई गर्ने कार्य      गरिएको छ । कुहिने र नकुहिने फोहर को छुट्टै व्यवस्थापन गरिदै आएको छ । विद्यार्थी संख्या बढी भएकोले                              सरसफाई व्यवस्थापन चुनैति पूर्ण छ ।
द) हरीयाली प्रवद्र्धन : विद्यालयको वातावरण स्वच्छ, सफा र हराभरा राख्न बोट विरुवा रोप्ने कार्य गरिएको छ तर                 घेरवार÷पर्खाल नभएका कारण रोपिएका वोटविरुवाहरूको सुरक्षा गर्नु चुनौतिपूर्ण छ । 
ध) वोटानिकल गार्डन निर्माण : विद्यालयमा बोटानिकल गार्डन निर्माण गरिएको छैन । प्रभावकारी विज्ञान शिक्षणको लागी    विद्यालयमा वोटानिकल गार्डन निर्माण गर्नु आवश्यक देखिएको छ ।
न) प्रे–ग्राउण्ड : स्वास्थ्य नै धन हो भन्ने मान्यता राखी प्रार्थनाको समयमा  विद्यार्थीहरुको स्वास्थ्य तथा तन्दुरुस्तीको लागी           पि.टी.÷कवाज गराउने गरिएको छ तर मैदान निकै होचो र खाल्डा÷खुल्टि युक्त भएकोले समस्या देखिएको छ ।                      तसर्थ मैदानमा माटो भरानगरी मैदान सम्याउनु पर्ने आवश्यकता देखिन्छ ।